ठगी गिरोहको भीआईपी जालो उजागर भयाे, काेही नछुटून् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणको गहिरो अनुसन्धान गरी संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत थापाले ठगी प्रकरणमा संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको पनि बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ थापाले भनेका छन्, ‘यो घटना होइन, प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटून् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन ।

You May Also Like