कर्णाली प्रदेशसभा बैठक: बजेट पुस्तक नपाएपछि एमालेको आपत्ति

सुर्खेत । कर्णालीमा बजेटमाथिको छलफल अन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बुधबार कर्णाली प्रदेशसभाको २० औं बैठकमा प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफल चलाइने कार्यसूची रहेको थियो । यद्यपि छलफल गर्नुपर्ने मन्त्रालयको बजेट पुस्तक सांसदको हातमा नआएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनायो ।

एमाले सांसद जितबहादुर मल्लले सुरुमै बजेटमाथिको छलफल अगाडि नबढाउन सभामुख नन्दा गुरुङलाई आग्रह गरे । ‘बजेटमाथिको छलफल भनिएको छ, सबै माननीयको हातमा विषयगत मन्त्रालयका किताबहरु प्राप्त भएको छैन,’ उनले भने, ‘सम्भवत एकदिन अगाडि, भएसम्म समय मिलाएर अध्ययन गर्न सक्ने वातावरण मिल्ने गरि किताब दिनुपर्छ । त्यसपछि मात्रै सल्लाह, सुझाव दिनुपर्ने हो ।’

सबैभन्दा धेरै कार्यालय रहेको सामाजिक विकास मन्त्रालयको बजेट किताब अहिलेसम्म प्राप्त गर्न नसकिएको भन्दै उनले बैठक रोक्न आग्रह गरे ।

You May Also Like