मुगुका कृषकहरुमा कृषि बाली तथा पशु बिमा प्रति आकर्षण बढ्दो

धनदेवी बिश्वकर्मा
१९ असार, मुगु । मुगुका कृषकहरुमा कृषि तथा पशु बिमामा आकर्षण बढ्न थालेको छ । जिल्ला सदरमुकाम गमगढीमा बिभिन्न बिमा कम्पनीहरुको स्थापन भएसगैँ कृषकहरु कृषि बाली तथा पशुवस्तुहरुमा हुने क्षतिको जोखिम उठाउनका लागी बिमातर्फ आकर्षित हुन थालेका हुन् । पशु वस्तुहरुको बिमा गरेपछि कुनै कारण तथा रोगले गर्दा पशुवस्तु मृत्यु भएमा त्यसको फाईदा पाईने भएकाले कृषकहरु पशुवस्तु तथा कृषि बालीको बिमा तर्फ आकर्षित हुने थालेको जिल्ला पशुसेवा कार्यालय तथा जिल्ला कृषि बिकास कार्यालयले जनाएका छन् ।

अहिलेसम्म सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट कृषकहरुले १ सय ७१ पशुवस्तुहरुको बिमा गरिसकेका छन् । जसमा भेडाबाख्रा ७२, गोरु ३ तथा घोडा खच्चड २६ वटा बिमा भएको सगरमाथा ईन्स्योरेन्स मुगु शाखाकी शाखा प्रमुख मेनका भामले बताउनुभयो । यता, अर्को बिमा कम्पनी शिखर ईन्स्योरेन्स कम्पनीमा पनी पशुवस्तु तथा कृषिबालीहरुको बिमा गर्ने कृषहरुको संख्या उल्लेखनिय रहेको छ । शिखर ईन्स्योरेन्समा पनी अहिले सम्म १ सय २८ वटा पशुवस्तुका बिमा भईसकेका छन् ।

जसमा जर्सि गाई १६, लोकल गाई २२, भैसी ३९, गोरु ४३, घोडा ५ र खच्चड ३ वटा बिमा भएको शिखर ईन्स्योरेन्सकी शाखा प्रमुख रामलक्ष्मि मल्लले जानकारी दिनुभयो । शिखर ईन्स्योरेन्समै कृषि बिमा अन्र्तगत ६५ घरपरिवारहरुले १ हजार १ सय १३ वटा स्याउका बोटहरुको बिमा गराईसकेका छन् । कृषि बाली तथा पशुवस्तुको बिमा गर्दा आफ्नो क्षतिको जोखिम उठाउन सकिने भएकाले छिटो भन्दा छिटो बिमा गरिहाल्न समेत जिल्ला पशुसेवा कार्यालयले आग्रह समेत गरेको छ ।

You May Also Like