कमल थापाको प्रस्ताव– चार्ल्सको राज्याभिषेकमा पूर्वराजालाई पठाइयोस्

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनुरोध गरिनुपर्ने प्रस्ताव गरेका छन् 

नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुने उनको भनाइ छ । 

तर, सरकारले उक्त समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउँदै छ । साउद आज लण्डन प्रस्तान गर्दै छन् ।

लण्डनमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ । 

You May Also Like