राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो ।

You May Also Like