फिल्म ‘काजी’ निर्माण हुने, मुख्य भूमिकामा वर्षा

काठमाडौँ । निर्देशक लक्ष्मण रिजालले रोमान्टिक–सोसल ड्रामा यो फिल्म बनाउन लागेका हुन् । फिल्मको मुख्य अभिनेत्रीको रूपमा वर्षा शिवाकोटी चयन भएकी छन् । अभिनेता भने छनौट हुन बाँकी रहेको छ ।

आगामी सेप्टेम्बरदेखि बेलायतका विभिन्न स्थानमा छायाङ्कन हुने फिल्मको रिलिज वैशाख १ बताइएको छ । फिल्ममा विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की लगायत कलाकारको समेत अभिनय रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने यो फिल्म सन् २०१२–०१३ को बेलायती परिवेशमा छायाङ्कन गर्ने तयारी छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गणपति’ भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मले १० वर्षअघिको बेलायतको परिवेश र कथा भन्ने निर्देशक रिजालले बताए ।

You May Also Like