कृष्ण भगवानमा सत्य नै समय हो “गणेश भट्ट”

गणेश भट्ट

कृष्ण भगवानमा सत्य नै समय हो

प्रारब्धमा मानव मन, पानि जस्तै सङ्गलो हुन्छ
मनमा भौतिकताको प्रभाव, विभिन्न रङ्ग बुन्छ

भ्रष्टाचार, बलत्कार, हत्या, हिंसा, आतंकका रङ्ग हेर
बिभिन्न मानवको मनले, भिन्न भिन्न रङ्ग चुन्छ

बालबच्चा यौवन जवान, बुढेसकाल देहमा
मान्छे अतित को पल सम्झदै, पछुताएर रुन्छ

समय बलवान छ छुट्छ, पछाडि फर्कदैन
परीक्षाको समय सकिएर, मान्छेले मृत्यु छुन्छ

सत्य नै समय हो, मानव! समयमा बाँच्न सिक
स्वासंत यो आत्मा अनन्त छ, सत्कर्मले पाप धुन्छ

You May Also Like