मुगुमा पोषण स्थितीमा सुधार ल्याउन बिद्यालय पोषण बगैँचा कार्यक्रम


गमगढीः जिल्लाका स्थानियलाई पोषणको महत्वका बिषययमा जानकारी सगैँ पोषणको स्थितीमा सुधार ल्याउनका लागी बिद्यालय पोषण बगैँचा कार्यक्रम शुरु भएको छ । नारी उत्थान तथा सचेतनाका केन्द्र मुगुले पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोषणका महत्वका ’boutमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रमको थालनि गरेको हो ।

मुगु जिल्लामा पोषणको स्थिति नाजुक भएको र पोषणकै कारण अधिकासंकाले रोग पालेर बाँच्न बाध्य भईरहेका र कुपोषणको शिकार भएकाले यसलाई निराकरण गर्न एवम् समाजमा पोषणको स्थितिमा सुधार ल्याउन देखिएकाले बिद्यालय पोषण बगैंचा कार्यक्रमको शुरुवाती गरिएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष एवंम ग्रामिण सेवा प्रदायक (आरएसपी) चेतना शाहीले बताईन् ।

बिद्यालयका शिक्षक बिद्याथी मार्फत समाजमा पोषका ’boutमा सुसुचित गर्न सजिलो हुने र स्थानियले पोषको महत्व सजिलै बुझने भएकाले पनी पहिलो प्रथामिकताका साथ अन्य माध्याम भन्दा बिद्यालय लाई रोजेको र बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवाती संगै कामकोपनी थालनि गरीएको संयोजक शाहीको भनाई छ ।

यो कार्यक्रम अहिले नगरपालीका भित्रका ७ वटा बिद्यालयमा लागु भएको र जिल्ला भित्रका अन्य बिद्यालयमा पनी लागु गरीने बताईएको छ । यो कार्यक्रमलाई दिर्गकालीन र प्रभावकारी बनाउन बिद्यालयमा कृषि र पोषण सम्बन्धि एईच्छिक बिषयका रुपमा पढाई गराईने समेत जनाईएको छ । जसका लागी कार्यक्रम लागु भएका नगरपालिका भित्रका ७ वटा बिलालयका शिक्षक हरुलाई समेटी ११ सदस्यीय बिद्यालय पोषण बगैंचा संञ्जाल समेत गठन गरीएको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like