८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।

You May Also Like