गमगढीका लुटका महलमा बस्ने भ्रष्टलाई घिसारेर जनताको कठघरामा उभ्याउनु पर्छ। – नवराज कार्कि

 अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा नेकपा (माओवादी केन्द्र) मुगुका नेता नवराज कार्कीले राज्यको कर्मचारी भएर राज्यको ढुकुटी माथी ब्रह्मलुट गरेर, एनजीओको नाममा मुगाली जनताको मुख हेरेर बिदेशीले डाेनेशन गरेको रकम लुटेर, बिकास निर्माणको नाममा उपभोक्ता समिती, ठेकापट्टा र अन्य कालो ब्यावसाय बाट जनताको रगत पसिनाको शोषण गरेर गमगढीकाे डाँडाेमा ठड्याइएका महलहरुबाट ती भ्रष्टहरुलाई घोक्रेठ्याक लगाएर सडकमा घिसार्दै जनताको कठघरामा उभ्याउनु पर्ने भताए।

सोमबार नेकपा (माओवादी केन्द्र) छाँयानाथ रारा नगर समितिको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदै कार्कीले भने “माओवादीको नेतृत्वमा सन्चालन भएको महान जनयुद्धमा हजारौं शाहीदहरुको बलिदानी र लाखौं जनतहरुको पसिना र मेहनतबाट प्राप्त पिछडिएको वर्ग, क्षेत्र, जाती, लिङ्ग र समुदायको अधिकारको सुनिश्चितता गरिएको समावेशी र समानुपातिकता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यावस्थाको रक्षा गर्दै, थप अधिकारहरु प्राप्त गर्दै सुन्दर र समुन्नत समाजवादी ब्यावस्था निर्माण गर्न माओवादी केन्द्र नै चाहिन्छ। परिवर्तन र समृद्धिको लागि माओवादी केन्द्रको विकल्प छैन।”

प्रतिगमन र सामान्तवादी प्रवृत्तिको नेतृत्व देशै भरी केपि ओलि एमाले र राप्रपाले गरिरहेको तर छाँयानाथ नगरपालिकामा नगर प्रमुख हरिजङ्ग शाहिले गरिरहेको बताए। “लोकतन्त्र, संघीयता, समावेशी र समानुपातिकताका मुद्धा उठाउदै गर्दा हिजो जनताको छातीमा गोलि ठोक्नेहरु आज सत्तामा हुँदा भ्रस्टाचारको नेतृत्व गरे। जनता लाई शोषण दमन गर्दै नव सामान्तको रुप धारण गरे। प्राप्त जनताका अधिकारहरुलाइ लुट्ने प्रयास गरे। यी ब्यावस्था बिरोधिहरु यही ब्यावस्था भित्र पसेर यो ब्यावस्थालाई बिकृत बनाएर पुरानै समान्तवादी ब्यावस्थामा फर्कन चाहन्छन। राजनीतिक रुपमा यस्को नेतृत्व देशै भरी केपि ओलि एमाले र राप्रपाले गरिरहेको छ। तर यो नगरमा यस्तो प्रवृत्तिको नेतृत्व नगर प्रमुख हरिजङ्ग शाहिले गरिरहेका छन।”

उक्त कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगल बहादुर शाही, जिल्ला संयोजक सुकबिर बुढा प्रदेश सदस्य बिर्ख बहादुर थापा, पर्यटन व्यावसायी तथा माओवादी केन्द्रका नेता देबिकृष्ण रोकाया लगाएतले शुभकामना मन्तव्य दिएका थिए। सम्मेलनबाट माओवादी केन्द्रको छाँयानाथ रारा नगर समितिमा ७ जना पदाधिकारी सहित ६५ जना सदस्य निर्वाचित हुँदै छन् ।

You May Also Like