सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

बिहीबार प्रतितोला एक हजार दुई सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत २२ चैतमा छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी भने प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You May Also Like