अमेरिकी आदिवासी जसले मान्छेको हड्डीको सुप पिउँछन !

रारा तालः संसारमा मानिसहरुका विभिन्न चालचलन र परम्परा रहेको छ । त्यसमा पनि आदीवासीहरुको परम्परा त अनौठो लाग्ने खालको नै हुनछ । दक्षिण अमेरिकी देश ब्राजिल, भेनेजुएलाको जंगलमा बसोबास गर्ने यानोमानी आदिवासीको चलन थाहा पाउनुभयो भने तपाईले विश्वा गर्न सक्नु हुन् ।

उनीहरु अविश्वसनीय काम र प्रथा र आफ्ना रहन–सहनका लागि चिनिन्छ । नग्न घुमफिर गर्ने, खुला आकासमुनी रात विताउने यिनीहरु आफ्नै मृत्त व्यक्ति जलाइसकेपछि त्यसको खरानीको सुप पिउँछन् । यसो गर्नाले ‘आफ्ना प्रिय व्यक्तिको आत्मा बचाउन सकिने उनीहरुको विश्वास छ ।

यी आदिवासी करिव २ सयदेखि २ सय ५० गाँउमा फैलिएका छन् । यिनीहरुमध्ये कसैले प्राकृतिक रुपमा मृत्युवरण र्गयो भने, त्यसको खरानी बनाएर सुप पिउँछन् । चाहे त्यो आफ्नो छोराछोरी, आमा जोसुकै होस्, त्यसको खरानीको सुप पिउनैपर्छ । उनीहरुले मृत आफन्तको शरीरलाई नजिकको जंगलमा पात पतिगांरले छोपेर छाडिदिन्छन् ।

३० वा ४५ दिनपछि उक्त शरीरबाट हड्डी निकाल्छन् र त्यसलाई जलाउँछन् । हड्डी जलाएपछि जुन खरानी निस्कन्छ, त्यसलाई फर्मेट गरेको केरासँग सुप बनाइन्छ । यसरी मिश्रण गरिएको सुप समुदायका सबैले अनिवार्य पिउनैपर्छ ।

यिनीहरुलाई मृत्युमा रत्तिभर विश्वास छैन । बरु, उनीहरु यस्तो ठान्छन् कि कुनै विपक्षी जनजातिका जादुगरले आफ्ना प्रथातिको व्यक्तिमाथि हमला गर्नका लागि खराब आत्मा पठाएका हुन् । उनीहलाई लाग्छ, त्यसैले उक्त व्यक्तिको शरीरको अन्तिम संस्कार गर्नपर्छ ।

You May Also Like