इशान र सूर्यकुमार चम्किँदा पञ्जाबविरूद्ध मुम्बईको सानदार जित

ओपनर इशान किसन र सूर्यकुमार यादव चम्किँदा मुम्बइ इन्डियन्सले सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग ९आइपिएल०मा गएराती भएको खेलमा मुुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरको हो।

२१४ रनको लक्ष्य पछ्याएको मुम्बईले सात बल बाँकी छँदै चार विकेट मात्रै गुमाएर २१६ रन बनाएको थियो। आक्रामक ब्याटिङ गरेका इशानले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ७५ रन बनाए।

अर्का ब्याट्समेन सूर्यकुमार यादवले ३१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए। कप्तान रोहित शर्मा शून्य रनमा आउट भएका थिए। क्यामरून ग्रीनले १८ बलमा ४ चौका प्रहार गर्दै २३ रन बनाए।
तिलक वर्मा र टिम डेभिडले नटआउट २६ र १९ रनको योगदान गरे।

बलिङतफै पञ्जाबका नाथन इलिसले दुई विकेट लिँदा ऋषि धवन र अर्शदिप सिंहले एकएक विकेट लिए। घरेलु मैदान आइएस बिन्द्रामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षति २१४ रन बनाएको थियो।

पञ्जाबका लागि लियम लिभिङस्टोनले ४२ बलमा ७ चौका र चार छक्का प्रहार गर्दै नटआउट ८२ रन बनाए।
जितेश शर्माले २७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाए।

कप्तान शिखर धवनले २० बलमा ५ चौका प्रहार गर्दै ३० रनको योगदान गरे भने म्याथ्यु सर्टले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए।

बलिङतर्फ मुम्बईका पियुष चावलाले २ र अर्शद खानले एक विकेट लिए। जितसँगै मुम्बई अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पञ्जाब सातौं स्थानमा छ।

You May Also Like