अर्थसचिवमा अर्जुन पोखरेल

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने समयमा एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले अर्थसचिवको सुरूवा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याउने निर्णय गरेको हो।

अर्थकै क्याडर सचिव पोखरेल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। अर्थमा पोखरेलललाई ल्याएसँगै अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नै रायलाई अर्थ मन्त्रालयमा ल्याएको थियो। तर, ६ महिना पनि नपुग्दै उनलाई सरूवा गरिएको हो। बजेटको मुखमा अर्थसचिवको जिम्मेवारीमा आएको पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउनु अघि पनि अर्थसचिवको लागि निकै पहल गरेका थिए।

उनी विगतमा आन्तरिक राजश्व विभाग, भन्सार ‍विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा लगायतका अर्थमातहतका निकायमा बसेर काम गरेका थिए।

सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेर काम गरेको अनुभव पनि पोखरेलसँग छ।

विस २०५१ सालमा अधिकृत स्तरको सेवाबाट निजामति सेवामा प्रवेश गरेका पोखरेल २०७७ सालमा सचिवमा बढुवा भएका। सचिब बनेपछि उनि मधेश प्रदेशमा प्रमुख सचिवका साथै, लोकसेवा आयोग उद्योग, उद्योग वाणिज्य तथा आपूर्ति, सामान्य प्रशासन र प्रधानमन्त्री कार्यालयको सचिब बनेका थिए।

You May Also Like