कसले राख्यो पुर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्ल लाई लक्षित गरि बम ?

मुगु । मुगुको प्रतिनिधिसभाका उम्मेद्वार हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ । छायाँनाथ रारा नगरपालिकास्थित पूर्व राज्यमन्त्री मल्लको घरमा प्रेसर कुकर बम फेला परेको हो ।

पाँच लिटरको कुकरमा बम राखिएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटना स्थलमा पुगेर बम डिस्पोज गरिसकेको छ ।

बम राख्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्धपि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । मुगु प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्ला हो । यहाँ गत मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइ मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिसकिएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like