रारामा मुर्माटप बाट प्याराग्लाइडिङ हुने

                                                         मुर्मा टपबाट देखिने राराको दृश्य

“कर्णाली समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार” भन्ने मूल नाराका साथ बैशाख १ गते प्रधानमन्त्री के.पि. शर्मा ओलीले उद्धघाटन गरिने कर्णाली – रारा पर्यटन भ्रमण वर्षमा महाकाली देखि मेचि सम्म १७ दिनमा ८३२ किलोमिटर प्याराग्लाइडिङ गरि विश्व कृर्तिमानी रेकर्ड काएम गरेका सानु वावु सुनुवार ले छाँयानाथरारा नगरपालिका, ९ मा रहेको मुर्मा टप बाट रारामा प्याराग्लाइडिङ गर्ने भएका छन । मुर्मा टप ३८०० मिटरको उचाईमा रहेको छ । मुर्मा टप बाट राराको पुरै दृश्य अवलोकन, अपि, सैपाल, कान्जिरोवा, सिस्ने, कोइकि हिमाल लगाएत अन्य विभिन्न ठाउहरुको दृश्य अवलोकन गर्न सकिन्छ । उक्त शाहासिक प्याराग्लाइडिङ यात्राका लागी हिजो भएको छलफमा मुगुका प्रतिनिधि सभा सदस्य गोपाल वम, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका स्वकिय सचिव ललितजंग महत, नेपाल पर्यटन व्यवसायी संगठन कर्णाली प्रदेशका संयोजक देबिकृष्ण रोकाया र प्याराग्लाइडिङका सानु वावु सुनुवार विच छलफल भएको थियो । रारामा नियमित प्याराग्लाइडिङका लागी सम्भाव्यता अध्ययन गरिने यूवा पर्यटन व्यवसायी एवं पर्यटन अभियानता देबिकृष्ण रोकायाले वताए । समृद्ध कर्णाली प्रदेश निर्माणका लागी अव स्थानिय जनताहरु लाभाम्वित हुने गरि पूर्वाधार तयार गर्नु पर्ने रोकाया वताउन्छन । कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको भएकाले बिभिन्न सासशिक खेल पर्यटनको विकास गरि कर्णाली रारा पर्यटन वर्षलाई सफल बनाउनु पर्ने लामो समय देखि पर्यटन क्षेत्रमा काम गदै आएका ललितजङ महतले बताए ।

You May Also Like