दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको हो ।

तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेको आफ्नो कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियो ।

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आउनु भएको थियो ।

यस्तै, करेन्ट लागेर पुथा–१२ कक्सेरा फल्नेका १६ वर्षीय अर्जुन विक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका विक घाइते भएका छन् ।

पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न लाग्दा उनीहरुलाई करेन्ट लागेको हो । घाइते दुवैलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

You May Also Like