भोकाहरुको पेट भर्ने आमा समूह

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सबै भन्दा ठूलो मारमा श्रमिक वर्ग परेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै नेपालमा विगत ६ महिना देखिको लक डाउन र निषेधाज्ञाले दिनभर ज्याला मजदुरी गरेर खानेहरुलाई पेट पाल्नै मुश्किल छ । काठमाडौँको ठमेल क्षेत्रमा रिक्सा चलाएर जीवन धान्दै आएका रिक्सा चालकहरुलाई पनि रोग भन्दा भोकले पिरोलि रहेको छ । कामविहिन भएर खानाको समस्यामा परेकाहरुको भोक मेटाउने काम गरीरहेको छ, सिर्जनशील आमा समूह। रोग भन्दा भोकको त्रासमा बाँचेकाहरुलाई खाना खुवाएर संकटको बेला मानवीय सेवा गरेको आमा समूहको भनाई छ ।

                              सिन्धुपाल्चोक जिल्लाको भोटकोशी गाउँपालिकामा रहेको आमा समूहका सदस्यहरुले ठमेलमा खानाको साथै स्यानिटाइजर र मास्क समेत वितरण गरेको छ ।  समूहले आफूहरुको पेट भर्ने व्यवस्था गरेर ठूलो गुन लगाएको श्रमिकहरु बताउँछन । लामो बन्दाबन्दीले यसरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खानाको समस्या भोगिरहेकाहरुलाई विभिन्न व्यक्ति, समूह, स्वयंसेवक, सामाजिक संघ संस्थाहरुले सहयोग गर्दै आइरहेका छन ।

हेर्नुहाेस् भिडियाेः

You May Also Like