सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम

सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम भएको छ । सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस ९आर।एस।एफ० बीच एकहप्ताका लागि युद्धविरामको सहमति भएको हो ।

सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसका प्रमुखले आउँदो २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएको अन्तर्रा‍ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएको उल्लेख छ । सेना र अर्धसैनिक बलबीच वार्ताको तयारी भइरहेको छ । यसअघि पनि संयुक्त राष्ट्र सङ्घसहित अमेरिका, बेलायत र छिमेकी देशहरूको कुटनीतिक प्रयासपछि युद्धरत पक्षहरूबीच ७२ घण्टे युद्धविराम भएको भए पनि पालना हुन सकेको थिएन ।

पछिल्लो युद्धविरामको पनि पूर्ण कार्यान्वयन हुनेमा आशङ्का छ ।

You May Also Like