राज्यको नजर नपुग्दा उपल्लो डोल्पाबासीले पाएको दुस्ख

जाजरकोट । चिसो मौसमका कारण उपल्लो डोल्पा छाडेका सर्वसाधारण तथा कर्मचारीहरु फर्किएपछि उपल्लो डोल्पामा विकास निर्माणका कामहरु सूचारु भएका छन् ।

सदरमुकाम दुनैबाट निर्माणका सामाग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव शर्मा न्यौपानेले बताए ।

न्यौपानेका अनुसार नयाँ आएका कर्मचारीदेखि सबै जनशक्ति पालिकामा केन्द्रीत भइसकेकाले अहिले काम तीव्र रुपमा अघि बढेको छ ।

पालिकामा विकास निर्माणको अनुगमन तथा निरीक्षण हुनुका साथै केही योजनाको भुक्तानी दिने कामसमेत भएको उनले बताए ।

मंसिरदेखि चैत्रको पहिलो हप्तासम्म उपल्लो डोल्पामा विकास निर्माणका काम ठप्प हुँदै आएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

You May Also Like