नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने

बाकेँ । नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतको सीमावर्ती दुई जिल्लामा हुन थालेको स्थानीय निर्वाचनका कारण बाँकेको नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने भएको हो ।

भारत उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेको नगर निकाय निर्वाचनका कारण आज १९ गते साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका शील हुने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए । उनका अनुसार हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव बाहान बाहेक अन्य आवतजावत बन्द गरिएको छ ।

चुनावको बेलामा आपराधिक गतिविधि हुन सक्ने भन्दै सीमावर्ती जिल्लाका अधिकारीले नेपाल र भारतमा चुनाव हुँदा नाका बन्द गर्ने गरेका छन् ।

You May Also Like