कालिकोट पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो, दुई जना अझै बेपत्ता

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १ नाग्म बजारमा आइतबार गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ का आइती खड्का र वीरेन्द्रनगर नगरपालिकाका अमृत थापाको शव गएराति भेटिएपछि पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको हो ।

आइतबार हिजो एकै परिवारका चार सहित आठ जनाको शव भेटिएको थियो । आइतबार नाग्म बजारका व्यवसायी शुभकालिका गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल र ७ वर्षीया छोरी हिमा, तिलागुफा नगरपालिका वडा १ का ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीया थाइला भेरिकार र १० वर्षीय गजेन्द्र भेरिकारको शव भेटिएको थियो । पहरोमा परेर २ जना अझै हराइरहेका छन् ।

You May Also Like