कर्णाली प्रदेशको बजेट अधिवेशन १० गतेदेखी सुरु

सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको हो ।

अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो ।

You May Also Like