सल्यानमा लाठी प्रहार गरी आफ्नै आमाको हत्या

सुर्खेत। सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन्। शारदा नगरपालिका (१३ माथिल्लो सल्यानचौरमा २३ वर्षका नवीन भण्डारीले ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलवार बिहान ४ बजेको समयमा एक्कासि आमाबुवा सुत्ने कोठामा गई पैँयाको लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए । प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक ९इन्स्पेक्टर० सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

You May Also Like