‘अपरेशन आवर’ को निर्णय खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कर्णालीका बिभिन्न जिल्ला सहित देशका दुर्गम जिल्लाहरुमा अहिले हवाइ उडान ठप्प छ । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय गरेपछि नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामाग्री ढुवानीमा समस्या भइरहेको छ भने बिमान कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यान समेत गइसकेको छ ।

‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिती सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ । कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागी कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन । ‘नागरिकमाथी अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले बिमान कुर्दै ज्यान समेत गुमाइसकेका छन् ।’ समाजका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने ‘निर्णय खारेजीका लागी प्रधानमन्त्री ज्युको ध्यानकर्षण गराएका छौ, उहाँले तल्लो तहसंग छलफल गर्ने बताउनुभएको छ ।’

समाजले निर्णय कार्यन्वयन भए संगै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो भने कर्णालीका जनप्रतिनिधीसंग छलफल गरि निर्णय फिर्ता लिन सरकारसंग पहल गर्न आग्रह गरको थियो । नागरिकको गुनासो पनी बढेको छ । कर्णालीका नागरिकले जहाजलाई अनुकुल समयमा उडान गर्न अनुरोध गर्दै सांकेतिक विरोधका लागी प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारलाई म्यासेज गरिरहेका छन् ।

सोमबार मुगुमा भएको सडक दुर्घटनाका बिरामीलाई समेत अस्पताल ल्याउन कठिन भएको छ । ‘सरकारले हामी माथी सौतेनी व्यवहार गरेको छ ।’ मुगुका स्थानिय जसबहादुर बुढा थप्छन ‘कर्णाली राजमार्गमा यात्रा गर्न हप्तौ लाग्छ । निर्णय फिर्ता लिइ नागरिकको जिवन सहज बनाउन र ज्यान बचाउन सरकार लाग्नुपर्छ ।’

You May Also Like