मुगुमा बोलेरो जिप दुर्घटना, ४ को मृत्यु

गमगढी । मुगु जिल्लाको उतरी सोरु गाउँपालिकामा पर्ने सीप गाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोरु गाउँपालिकाको सोरुकोट बाट सदरमुकाम गमगढि बजार आउदै गरेको ज १ च ७७७२ नम्बरको जिप सोरुगाउँपालिका ७ चिप्ले गौडामा दिउँसो ४ः ४५ बजे दुर्घटना भएको हो ।

मृतकहरुमा सर्केगाड २ (रिप गाउँ) हुम्लाका राम परियार, प्रकाश बोहरा, राम परियार र पिउस परियार रहेका छन् ।

दुर्घटनामा ५ जना घाइते छन । उनिहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

You May Also Like