कार्ल माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : नेकपा-अध्यक्ष प्रचण्ड

 


काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानी रहेको बताएका छन् ।

प्रचण्डले महान् दार्शनिक माक्र्स प्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन् । अध्यक्ष दाहालले २१औँ शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको बताएका छन् ।
विश्वमा महामारीका रूपमा फैलिएको कोरोना अर्थात कोभिड (१९) भाइरसका कारण काम गरीखाने श्रमजीवी बर्ग सबैभन्दा मारमा परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । उनले माक्र्सको जन्म दिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदाय प्रति सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

 

You May Also Like