एमाले कर्णालीको सचिवमा टेकराज पछाई

सुर्खेत। नेकपा एमालेको‌ कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी टेकराज पछाईले पाएका छन्। शनिवार बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले युवा नेता पछाईलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सचिव कमल शाही थिए भने पछाई उपसचिव थिए ।

जुम्ला (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित पछाई‌‌ एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुन् । एमाले कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते गर्ने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।

You May Also Like