प्रदेश अस्पतालमा बिरामी सङख्या बढ्यो

सुर्खेत । गर्मीयाम सुरुभएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा अहिले दैनिक एक हजार भन्दा बढी बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेले बताए । बिरामी भएकाले साँझ ५ बजेसम्म अस्पतालको ओपीडीमै लाइन देखिने गरेको छ ।

बिरामीको चाप बढी भएर साँँझ ५ बजेसम्म सेवा दिदा पनि बिरामीको चाप थेग्न मुस्किल परेको सूचना अधिकारी बस्नेतको भनाइ छ । ज्वरो, रुघाखोकी लगायतका बिरामीको चाप बढी रहेको उनको भनाइ छ । तीन सय बेडसहित सञ्चालनमा रहेको अस्पतालमा कणरलीका १० र सुदूरपश्चिमका केही जिल्लाका बिरामीहरू सेवा लिने गरेका छन् ।

अस्पतालमा अप्रेशन गर्ने बिरामीको पनि चाप बढिरहेको छ । अहिले अस्पतालमा झन्डै ५० जनाको विभिन्न शल्यक्रिया हुने गरेको छ । इमर्जेन्सीबाहेक अन्य बिरामीले अप्रेशनका लागि लामो समयसम्म अस्पतालमा पालो कुर्नुपर्ने अवस्था छ ।

प्रदेश अस्पतालमा बिरामी चेकजाँचसँगै मिर्गौला र पित्तथैलीको पत्थरीको अप्रेशन गरिरहेको छ । जसमा दैनिक १० जनासम्मको अप्रेशन भइरहेको अस्पतालले जनाएको छ । त्यसै गरी एपेन्डिसाइड, गर्भवतीको सीएस, हाडजोर्नी, मेरुदण्ड र न्युरो सर्जरी पनि भइरहेको छ । त्यसैगरी हप्ताको दुई दिन आँखाको मोतियाविन्दु र अन्य अप्रेशन पनि हुने गरेको वस्नेतको भनाइ छ ।

You May Also Like