मृत्युपछिकाे जिन्दगी “गणेश भट्ट”

गणेश भट्ट

कविता

मृत्युपछिकाे जिन्दगी
पटकपटक सुनेको छ जिन्दगीले
आफै नमरी देखिदैन स्वर्ग
हो,अाज सुमसुम्याएकाे छ त्यो अनुभूति
तर, त्यो बालबाल बाँचेकाे मृत्युपछि
दुई सेकेनकाे फरकमा बाँचेको छ ऊ
दुई इन्चकाे फरकमा बाँचेकाे छ ऊ
हो, त्यसैले त जिन्दगी अाफैले अाफू मृत्युपछिकाे
जिन्दगी बाेलिरहेकाे खबर पठाएको छ
त्यसैले त अाज मृत्यु जिन्दगी बन्न गएको छ साकार
श्रीमतीले अंगालो मारेर भक्कानिदा उसले देख्यो
सिन्दुर, पाेते, चुरा, मंगलशूत्र छ उसको साथमा
छाेराे, भाइ, भतिजा अनि परिवारजन अाँसुका भेलसँगै
उसको हातखुट्टा र टाउकाे उठाउँदै थिए
तर,अर्थी उठाएर मलाम लान नभई
उसलाई बचाउ गर्न, किनकि अाज जिन्दगी बाँचेको छ
सहकर्मी मित्रहरू, गाउँले दाजुभाइ, इष्टमित्र, प्राज्ञ,स्रष्टा कवि अनि विद्यार्थी र युवाहरुकाे लागेको छ लाम
तर अार्यघाटकाे यात्रातर्फ नभई,भलाकुशेलीका हर्षाश्रु दिन
किनकि अाज जिन्दगी बाँचेकाे छ
नब्बे बर्से इजाबा, फुपू, मामामाइजू डाँकाे छाडेर कुल्हारा मार्दै
गर्दा, उसले भनेको छ मैले नै हो हजुरहरुकाे अर्थी उठाउने
छाेरी, दिदीबहिनी, भान्जाभान्जीले धर्धरी अाँसु बहाउँदा
बिसु, दसै, अाल्के,भाइत्यार,माघीकाे पठाएको छ निम्तो
शुभचिन्तक र हितैषीहरुकाे फेसबुककाे वालमा दुखद् नभई
सुखद् भविष्य र शीघ्र स्वास्थ्य लाभको कामना बर्सिरहेछन्
किनकि जिन्दगी मृत्युको मुखबाट उम्किएकाे छ
उसले अझै जीवन र जगतको भविष्य देखेकाे छ
उसले एक कठिनतम् यात्राकाे बाेझिलाे भारी उचाल्दै
मानवताकाे शिखर चुम्ने अदम्य साहस बाेक्दै
अाज, उसको जीवनमा संजीवनीबुटीकाे छिर्का परेको छ
बालबाल बाँचेको जिन्दगीलाई असह्य पीडा छ,
वेदना छ, मर्मश्पर्शी अन्तरखुन्तर जलन छ,
ऊ विकलांकताकाे भयबाट त्रसित छ
तर पनि ऊ दंगदास छ, किनकि उसले जिन्दगी पाएकाे छ
अचेल उसका लागि रातहरु निक्कै बाेझिला बनेका छन्
‘दिन बित्ताछन् भिटघाटमि रात कसरी काटु ?’
हो, जीवनकाे वास्तविकता यस्तो छ
तर पनि, रातभरि जागा चौकिदारी गरेकोे थकित जिन्दगीले नै
आज, ‘भाेर ‘ भएको अनि ‘ब्यान्ताराे’ उदाएकाे खबर
सम्पूर्ण समुदायलाई सुनाउन पाउँदा ऊ अत्यन्तै हर्षित छ
किनकि आज जिन्दगी बाँचेकाे छ ।
सही सलामत बाँचेकाे छ ।
किनकि आज जिन्दगी बाँचेको छ ।

You May Also Like