पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रूकुम पश्चिम । मुसिकोट नगरपालिका ३ खरखरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको रूकुमखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार बिहान ११ बेजेतिर खसेको पहिरोका कारण यस मार्गको आवागमन बन्द भएको छ । सडक खुलाउनका लागि पहल भइरहेको प्रहरीको भनाइ छ।

You May Also Like