सल्यानमा ट्याक्टर दुर्घटना

सल्यान । सल्यानमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बाग्चौर नगरपालिका–२ थारमारे बजारबाट सिमेन्ट बोकेर ठिनबाङ्गज्युला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बाग्चौर नगरपालिका–१ गैराबेद बस्ने चालक वर्ष २४ को युवराज रोकाय, बाग्चौर नगरपालिका १ बस्ने वर्ष ४५ को कालीबहादुर रोकाय, बाग्चौर नगरपालिका–१० पिपलनेटा बस्ने वर्ष ५० का लालबहादुर सवक रहेका छन् ।

गम्भीर घाइते भएका सबैलाई स्थानीय जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि कालीबहादुर बस्नेत र लालबहादुर विकलाई जिल्ला अस्पताल सल्यान ल्याईएको र चालक युवराज रोकायलाई नेपालगन्ज लगिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए ।

You May Also Like