@डोल्पा- बाम गठबन्धनको बिजयी सुरुवात, प्रदेश सभा ‘क’ मा बुढा निर्वाचित


टेक शाही/डोल्पा। 
डोल्पामा एमालेले प्रदेश सभा ‘क’ मा जित्दै बिजयी सुरुवात गरेको छ । यहाँ ‘ख’ प्रदेशको मतगणना जारी रहेको छ । 

प्रदेश ‘क’ अन्तर्गत बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढाले ५४९० मत ल्यायर बिजयी घोषित भएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार बेगम सिंह ठकुरी १२१३ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै हालसम्म बदर मत संख्या ८५ रहेको छ । 

त्यस्तै प्रतिनिधि सभा अन्तर्गत हामीलाई ८ बजेसम्म प्राप्त नतिजा अनुसार यहाँ एमालेका धन बहदुर बुढाले ४८५९ मत ल्याई फराकिलो मतान्तर बनाएका छन् यहाँ उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका अँगद कुमार बुढाको १८९५ मात्र आएको छ | त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले १३१ मत पाएका छन् ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

 

You May Also Like