कुन प्रदेशमा कसको सरकार बन्दै छ ? कहाँ कसको बहुमत ? (सुचिसहित)

काठमाडौं । एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ ।

एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ सिट आउने सम्भावना छ। ४७ सिटले बहुमत पुग्छ। एमालेको मात्रै ५२ सिट छ। प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा ५ सिट पाउने देखिन्छ।

त्यस्तै कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट आउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको संघीय समाजवादी फोरम नेपालले समानुपातिकमा २ सिट जित्ने देखिन्छ।

प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन्। जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १७ पाउने सम्भावना छ।

५६ सिटले बहुमत पुग्छ। एमालेले मात्रै ५९ सिट पाउने छ। प्रदेश ३ मा प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ९ सिट जित्ने देखिन्छ। ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट ल्याउने सम्भावना छ। विवेकशीलले प्रदेश ३ मा १.५ प्रतिशत थ्रेसहोल्ड कटाएको कारण ३ सिट पाउने देखिन्छ।

प्रदेश २ मा मधेसी दलको बहुमत

प्रदेश नम्बर २ मा मधेसवादी दलको झिनो बहुमत हुने सम्भावना छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाको झिनो बहुमत प्राप्त गर्ने देखिन्छ।

फोरमले प्रत्यक्षमा २० सिट जितेका छ भने राजपाले १५ सिट। फोरम र राजपा दुवैले ९-९ सिट ल्याउने सम्भावना छ। ५२ सिटले बहुमत हुन्छ। प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५३ हुने देखिन्छ

प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ उसले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। ७ सिट जितेको माओवादीले ६ र ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाउने सम्भावना छ।

प्रदेश ४, ५, ६ र ७ मा वामको बहुमत

प्रदेश ४, ५, ६ र ७ मा कुनै दलको बहुमत हुने सम्भावना छैन। ३६ प्रत्यक्ष र २४ समानुपातिक रहेको प्रदेश ४ मा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ। १० सिट समानुपातिकमा पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट लिने देखिन्छ। प्रदेश ४ मा वाम गठबन्धन स्पष्ट बहुमतमा छ।

त्यस्तै ६ सिट जितेको कांग्रेसले ६ सिट समानुपातिकमा पाउने सम्भावना छ। २ सिट प्रत्यक्षमा जितेको राष्ट्रिय जनमोर्चाले १ सिट समानुपातिक पाउने छ। कुल ७ सिट रहेको प्रदेश ५ मा प्रत्यक्षमा २ सिट एमालेले जितेको छ भने १६ सिट समानुपातिकमा पाउने सम्भावना छ। त्यस्तै माओवादीले प्रत्यक्षमा १६ सिट जितेको छ। ६ सिट समानुपातिकमा पाउने देखिन्छ। प्रदेश ५ मा एमाले र माओवादी स्पष्ट बहुमतमा छन्।

प्रत्यक्षमा ५ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा १३ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा ३ सिट जितेको फोरमले समानुपातिकमा २ र राप्रपाले १ सिट पाउने अवस्था छ।

प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सिट गरी कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ। समानुपातिकमा ६ सिट पाउने देखिन्छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादीलाई समानुपातिकमा ४ सिट मिल्ने अवस्था छ।

प्रदेश ६ मा एमालेको बहुमत नभए पनि वाम गठबन्धन भने स्पष्ट बहुमतमा छ। प्रत्यक्षमा १ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा एमालेकै हाराहारीमा सिट पाउने देखिन्छ।

प्रत्यक्षमा ३२ र समानुपातिकमा २१ गरी ५३ सिट रहेको प्रदेश ७ मा कसैको एकल बहुमत आउने सम्भावना छैन। प्रत्यक्षमा १७ सिट जितेको एमालेले समानुपातिकमा ७ सिट पाउने देखिन्छ। बहुमतको लागि २७ सिट आवश्यक पर्छ। माओवादीले प्रदेश ७ मा प्रत्यक्ष तर्फ १० सिट जितेको छ भने समानपातिकमा ४ सिट लिने छ।

यहाँ एमाले र माओवादीको स्पष्ट बहुमत छ। उता प्रत्यक्षमा ४ सिट जितेको कांग्रेसले प्रदेश ७ मा सबै भन्दा बढी ८ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको राजपाले समानुपातिकमा २ सिट पाउने छ। सुरेन्द्र काफ्ले/अन्नपूर्ण पोष्ट दैनिकबाट

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like