सरकारले ‘हेलो सरकार’ कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउनुपर्छ: सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भुकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पार्नुभयो । उहाँले विपद् पोर्टल पालिका स्तरमा पु¥याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

You May Also Like