कैलारी गाउँपालिकामा काँग्रेसका राजसमझ चौधरी निर्वाचित


कैलाली, ५ जेठ ।

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा काँग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेकी छन्, भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरेकी छन् ।

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित काँग्रेस विजयी भएको छ ।

You May Also Like