नक्कली भुटानी शरणार्थी प्रकरण: सरकारमाथि एमालेको निरन्तर ‘दबाब’

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धान’bout पुनः चासो व्यक्त गरेका हुन् ।

पछिल्ला तीन दिनमा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेको दोस्रो पटक हो । यस प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उपाध्यक्ष रामबहादुर थापाको संलग्नता’bout पनि अनुसन्धान भइरहेको छ ।

यसअघि पक्राउ परेका ललितपुरका सानु भण्डारीको डायरीमा अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझी र उनका छोरा सन्दीप रायमाझीले करिब ६० लाख रुपैयाँ लिएको खुलेको छ । भण्डारीले रायमाझीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे ।

शनिबारको भेटमा अध्यक्ष ओलीले यस प्रकरणमा भइरहेको अनुसन्धान’bout आफ्नो ‘कन्सर्न’ राखेको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले ‘प्रधानमन्त्रीसँगको भेटमा कोहीले पनि कसैलाई बचाइदिनुहोस् भनेर नभन्ने’ बताए पनि आफू कुनै ‘दबाब’मा नपर्ने जिकिर गरे ।

उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’

यता बैठकपछि अध्यक्ष ओलीले पनि आफू कसैलाई बचाउन लागेको भन्ने गलत हल्ला चलाएको दाबी गरे । भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्था’bout आफू अनभिज्ञ रहेको बताए पनि । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’

गत बिहीबारको भेटमा भने ओलीले रायमाझी कतै भागेर नजाने दाबी गर्दै पक्राउ पुर्जी जारी भएकोमा आक्रोश व्यक्त गरेका थिए । उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढङ्गले एक्सन लिने काम भएको पनि बताएका थिए । ‘षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने रु त्यस्तो खालको रहस्यपूर्ण छ’, ओलीले भने, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

You May Also Like