वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए । यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘मैले हिजो राति नै न्याम्सको बैठक बोलाएर ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । आजैदेखि लागू हुनेगरी निर्णय भइसकेको छ ।’ बेड निःशुल्क गर्दा वीर अस्पताललाई वार्षिक ५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्नुपर्ने देखिएको उक्त रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए ।

अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । सरकारले बिहिबार उपकुलपतिमा डा।भुपेन्द्र बस्नेत, रेक्टारमा डा।लोचन कार्की, रजिष्ट्रारमा डा।ज्ञानेन्द्र शाह र डिनमा डा।अशेष ढुंगानालाई नियुक्त गरेको थियो । नियुक्त पदाधिकारीहरुसँग मन्त्री बस्नेतले बिहीबार नै बैठक गरेका थिए । न्याम्स कार्यकारीको बैठकले उक्त निर्णय गराउन निर्देशन दिएका थिए । सोही आधारमा वीरले निःशुल्क गराउने निर्णय गरेको हो ।

You May Also Like