जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो ।

तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरण’bout सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ । यसका साथै एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ ।

संसद सुचारु गराउन ठूला तीन दलका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री पुष्कपकमल दाहालले संसदमा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

You May Also Like