राष्ट्रहितका ’boutमा सकारात्मक सुझाव आएका छन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्व राजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका ’boutमा सकारात्मक सुझाव दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री लगायत सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले सुझाव लिने क्रम जारी रहेको भन्दै अहिलेसम्म आएका सुझावहरू सकारात्मक रहेको जानकारी दिएका हुन् ।

‘भारत भ्रमणका ’boutमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए । उनले राष्ट्रिय सहमतिमै आफ्नो भारत भ्रमण हुने दाबी समेत गरे ।

You May Also Like