कानुन मन्त्रालयको जिम्मेवारी पनि मन्त्री खड्कालाई

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आइरहेको उक्त मन्त्रालयको जिम्मेवारी मन्त्री खड्काले सम्हाल्नु भएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई उक्त जिम्मेवारी तोक्नु भएको हो ।

You May Also Like