दार्चुलामा वडा अध्यक्षको मृत्यु

दार्चुला । जिल्लाको दुहु गाउँपालिका ५ का वडा अध्यक्ष मनोरथ भट्टको मृत्यु भएको छ । स्वास्थमा समस्या देखिएपछि भट् आइतबार जिल्ला अस्पताल दार्चुला आएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा आज बिहान मृत्यु भएको भट्टका आफन्त नवराज भट्टले जानकारी दिएका छन् ।

अहिले भट्टको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

You May Also Like