कालोपत्रे नगरेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

धनगढी । निर्माणाधीन सडक धुलाम्मे भएको भन्दै सडक अवरुद्ध पारिएको छ । कैलालीको धनगढी–दिपायल फास्ट ट्र्याक अन्तर्गत गोदावरी नगरपालिकाको स्याउलेमा सडक अवरुद्ध गरिएको हो ।

सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबी निर्माण कम्पनीले निर्माणाधीन सडक धुलाम्मे हुँदा पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै अवरुद्ध गरेका हुन् ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले सो सडकमा दिनहुँ सयौँ गाडीहरू गुड्ने र सडक धुलोले गर्दा आफूहरूको व्यापार व्यवसाय चौपट भइरहेको र सडक आसपासको स्थानीयलाई बस्न पनि गाह्रो भएको बताए ।

धुलो नियन्त्रण नहुँदासम्म सडक अवरुद्ध गर्ने बताउँदै उनले स्कुल बस, एम्बुलेन्स लगायतका इमरजेन्सी सवारी साधनहरू भने सञ्चालन हुन दिइने बताए ।

सो सडक तत्काल कालोपत्रे नगरे पनि दैनिक पानी हालेर धुलो उड्न नदिने बनाउनुपर्ने स्थानीयको माग छ ।

You May Also Like