ए डिभिजन लिगमा आज तीन खेल हुने

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुने भएका छन्। २२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सोही समयमा च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्नेछन् ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने आजको तेस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब आमनेसामने हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

You May Also Like