ताल्चा विमानस्थलमा भिडले अनावश्यक फण्डा गर्योः इन्चार्ज यादव

सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले आज बिहान मुगुबाट नेपालगन्ज आएको जहाजका बिषयमा अनावश्यक फण्डा गरिएको बताएका छन । इन्चार्ज यादबले बिषय बस्तुको गहिराइमा नगरएर अनावश्यक फण्डा गरिएको बताएका हुन । इन्चार्ज यादवले बरू आफैंले मगाएको जहाजमा बिरामी बोकेर नेपालगन्ज झरेका हौँ । यहाँ कुरै नबुझी जिम्मेवार निकायले समेत अनावश्यक फण्डा गर्यो यो गम्भीर कुरा हो ।

उनले भनेका छन ‘हामी हिजै मुगुबाट सुर्खेत आउनुपर्ने थियो । टिकट हिजैकै हो हाम्रो । तर, जहाज बिग्रिएर हिजो गएन । हाम्रो पार्टीको नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समिट एयरका साहुजीलाई बिहानै जहाज पठाइदिन आग्रह गर्नुभयो । हिजै रोकिएका हामीलाई लिन जहाज गएको हो । तर फण्डा अर्कै भयो र गराइयो ।’ उनले थप भनेका छन ।
‘हामी पाँच जना थियौं । १६ सिटको जहाजमा हामी मात्र आउने कुरा भएन । काठमाण्डुबाट गएका डाक्टरहरुको टोली जुम्लामा एउटा कार्यक्रममा सहभागी भएर रारा घुम्न गएको रहेछ । राराबाट फर्किएर उहाँहरु पनि नेपालगञ्ज हुँदै काठमाण्डौं फर्कन ताल्चा विमानस्थल पुग्नुभएको जानकारी हामीले पायौं ।

उहाँहरुको टिम १६ जनाको रहेछ । हामी हाम्रो लागि आएको जहाजमा उहाँहरुमध्ये ११ जनालाई ल्याउन तयार भयौं । तर, उहाँहरुले एउटै टिम भएकाले आफूहरु छुट्न नमिल्ने र सँगै जानुपर्छ अडान लिनुभयो । हामीले हिजै जानुपर्ने थियो, जहाज बिग्रिएर आज हामीलाई लिन आएको भन्यौं । तर, डाक्टरहरु आक्रोशित हुनुभयो । पेशागत मर्यादाको समेत ख्याल नगरेर उहाँहरुले जहाजको पार्किङस्कथल सम्मै आएर हुलहुज्जत गर्नुभयो ।’ नेताहरु रहेछन् एकछिन लफडा गर्न पाए डराएर पछि हट्छन् भन्ने मनोविज्ञान उहाँहरुको देखियो । ‘हामीलाई पनि जानैपर्ने जरुरी थियो । डराएर त भएन । हाम्रो तर्फबाट कुनै जबर्जस्ती भएको होइन । बरु हामीले मेरो र शाहीजीको सुरक्षामा कटिएका पिएसओहरुलाई गाडीबाट आउन भनेर पनि डाक्टरहरुलाई ल्याउन खोजेका थियौं ।’
‘समाचारहरुमा उहाँहरुले भए नभएको दाबी र आरोप लगाउनुभएको रहेछ । अपरेशन गर्नुपर्ने बिरामी पनि आउन पाएनन् भनेर । उहाँहरु १६ जना हुनुहुन्थ्यो । हामीले ११ जनाका लागि सिट छ जाऔं भनेकै हौं । १६ जनाकै अपरेशन त थिएन होला? किन उहाँहरुले १६ को १६ नै जानुपर्ने? कोही पनि छुट्न नमिल्ने अडान लिनुभयो ? अपरेशन गर्नुपर्ने बिरामी छाडेको भन्नेले किन हामीसँग नपठाएको छ ? एक जना सुत्केरी ब्यथाले सिकिस्त महिलालाई ल्याउदै गरेको सूचना आयो ।’
‘हामीले पाइलटलाई विशेष आग्रह गरेर ती महिलालाई आधा घण्टासम्म कुरेर ल्यायौं । हामीलाई पनि मानवीय पक्षको ज्ञान छ । बिरामी आउन रोक्ने आफैं अनि आरोप हामीलाई लगाउन पाइँदैन । फेरि जुम्ला गएको मानिसहरु किन मुगु गएको ? त्यति धेरै इमर्जेन्सी थियो भने रारा घुम्न नजानु नि । सिधै जुम्लाबाट काठमाण्डौ आउनु ।’ उनले भने
इन्चार्ज यादवले बिभिन्न मिडियामा आएका भ्रमित समाचारको खण्डन गर्दै कसैलाई भ्रमित नहुन अनुरोध समेत गरेका छन ।

You May Also Like