मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

मेस्सीले अहिलेसम्म सम्झौतामा हस्ताक्षर नगर्नुले उनी आउँदो जनवरीको ट्रान्सफरका बेला अरु क्लबसँग सम्झौता गर्न खुला देखिएका छन् । बर्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले यो कुनै चिन्ता गर्नुपर्ने विषय नरहेको र मेस्सीले नयाँ सम्झौता गरिसकेको दाबी गरेको इएसपिएनले जनाएको छ । बार्टोमेउका अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा अनुबन्धन भएका छन् ।

बार्सिलोनाका खेलाडी डेनिस स्वारेजले मेस्सीसँगको सम्झौतामा अझै हस्ताक्षर नहुनुले खेलाडीमा कुनै असर नपर्ने बताएका छन् । उनले त्यस विषयले बार्सिलोनाका अन्य खेलाडीलाई असर नपरेको र मेस्सी बार्सिलोनामै रहने बताएका छन् । उनले मेस्सी लामो समय अझै बार्सिलोनामै रहने दाबी पनि गरे ।
सम्झौता पत्रमा मेस्सीका बुबाले हस्ताक्षर गरिसकेको र त्यसको फोटो केही दिनमा बाहिर आउने बर्सिलोनाका अध्यक्ष जोसेफले बताएका थिए ।

तर अझै सम्झौताको प्रमाण भेटिएको छैन । गएको ट्रान्सफर सिजनमा मेस्सी इंग्लिस क्लब म्यानचेष्टर सिटी जाने हल्ला पनि चलेको थियो । मेस्सीले बार्सिलोनामा नयाँ सम्झौताका लागि पुर्नविचार गर्ने तयारी गरेको स्पेनिस पत्रिका डाएरिओ गोलले दाबी गरेको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like