शरणार्थी प्रकरण र भ्रष्टाचारविरुद्ध राप्रपाले खबरदारीसभा गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन नेपाल सरकारसँग माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाइदिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका छन्।

सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आइरहेका बेला लिङ्देनले आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढ्न दिनुपर्ने स्पष्ट पारे।

अध्यक्ष लिङ्देनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याए। उनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

लिङदेनले भने,‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन। अहिले खासगरी पछिल्लो समयमा प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ। उसलाई काम गर्न दिउँ। र, अहिले सरकारसँग पनि र नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ–स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिउँ।’

उनले थपे,‘हामीले यही जेठ ४ गते दिनको एक बजे बसन्तपुरमा भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारविरुद्ध खबरदारीसभा गर्दैछौँ। खासगरी नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर जुन प्रकरण सृजना गरियो, र, अहिले त्यसको छानविन भइराखेको छ,त्यो सशक्त रुपमा अगाडि बढोस्, र, त्यसलाई कुनै पनि बहानामा, कुनै पनि तर्कमा शिथिल, कमजोर र फासफुस बनाउने काम हुनुहुँदैन भनेर खवरदारी गर्ने र यो नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अन्य सबै प्रकारका भ्रष्टाचार र भ्रष्टाचारीहरुको विरुद्ध खवरदारी गर्न सो आमसभा गर्न लागेका छौं।’

राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजना’bout छलफल गर्न जेठ १ गते सोमबार ९भोलि० पार्टी केन्द्रीय कार्य समितिको बैठकसमेत बोलाएको छ।

You May Also Like