जेठ ४ गते प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते सांसदहरुसँग प्रश्नोत्तर गर्ने भएका छन्।

प्रतिनिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थाअनुसार जेठ ४ गते प्रश्नोत्तर राख्ने समझदारी आइतबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा भएको छ। संसदको पहिलो एक घण्टा प्रधानमन्त्रीले जवाफ दिनेछन्।


कार्यव्यवस्था परामर्श समितिमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने समझदारी भएको छ।

विषयगत समिति गठन भएको दुई हप्ता भन्दा बढी समय भइसक्दा पनि बैठक अन्योलनामा परेको थियो। आइतबार तीन दलबीच कुरा मिलेसँगै कार्यव्यवस्था परामर्श सममितिले तीन दिनभित्र पहिलो बैठक राख्न सभामुखले सहजिकरण गर्ने सहमति भएको हो।

समितिले संयुक्त समिति ९संसदीय सुनुवाइ, राज्यका निर्देशक० गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने’bout पनि छलफल भएको छ।

You May Also Like