प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

उनीहरूबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले सेतोपाटीलाई जानकारी दिए।

संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय लगातारजस्तो भेटवार्तामा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।
यद्यपि प्रधानमन्त्रीको सचिवालय भने समसामयिक राजनीतिक विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताउँछ।

You May Also Like