काठमाण्डौमा चट्याङ, एक जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको मातातीर्थमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा हिजो चट्याङ लागेर मकवानपुर भीमफेदी घर भइ काठमाण्डौ बस्दै आएका ३५ वर्षीय राजु तामाङको ज्यान गएको हो ।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेला कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

मृतक तामाङ लामो समयदेखि मिस्त्री काम गर्दै आउनु भएको थियो ।

You May Also Like